झाेलामा प्रतिबन्धित औषधी बाेकेर लुरुलुरु नेपाल छिर्ने पक्राउ

  आवाज संवाददाता

सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी स्पास्पीन – १५०० ट्यव्लेट र ट्रामाेल ५० एमजी  -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार