१८ वर्ष माथिकालाई पनि जोन्सन एण्ड जोन्सन खोप दिइने

  आवाज संवाददाता

काठमाडौँ । कोरोनाविरुद्धको अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन खोप १८ वर्ष माथिका नागरिकलाई दिइने भएको छ ।

काठमाडौँमा वुधबारबाट १८ वर्ष माथिका नागरिकलाई उक्त खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

त्यसका लागि विभागले काठमाडौँ जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गरेको छ ।

विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप दिइने विभागले जनाएको छ ।

यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क–ख) भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो । साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई अमेरिका सरकारले जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार