इलामकाे दानाबारीमा खैरो हेरोइनसहित एक पक्राउ

लागू औषध

  आवाज संवाददाता

इलाम।प्रहरी चौकी दानाबारी इलामले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

माघ १९ गते माई नगरपालिका वडा नं‍ ४ लखनचोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल सवार इलाम देउमाई नगरपालिका वडा नं ३ शान्तिडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्राउ परेका हुन् ।

साेधपुछ गरी उनको शरिरमा खानतलासी गर्दा उनले लगाएको कपडाको पाईन्टको दायाँ पट्टिको गोजिमा चार सय ५० मिलिग्राम लागू औषध खैरो हेरोईन भेटिएकाे थियाे । उनले प्रयोग गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल र लागु औषध बरामद गरी कानून बमोजिम प्रक्रिया पूरा गरी बरामद गरेको सामन र पक्राउ परेका अधिकारीलाई  जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार