नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको छ ।
उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो । मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ झापाका सदस्य ,ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी धितालको असामयिक निधनले स्तब्ध बनाएको महासंघ अध्यक्ष एकराज गिरीले बताए । उनको निधनबाट नेपाली सञ्चार क्षेत्रमा अपुरणीय क्षति पुगेको छ भने समाजले असल अभिभावक गुमाएको अध्यक्ष गिरीले बताए ।