काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ । दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गाराउन लागेका हुन् ।
एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्नेछ । ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ’, उनले भने ।
माधधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताएका छन् । ‘आज भेटवार्ता हुने कुरा छ । समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले भने । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।