काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक युटर्न भएर वरिष्ठ नेता माधव कुमार नेपाल समूहप्रति लचिलो देखिएका छन् ।
तर यो युटर्न पनि ओलीको जालझेल हुन सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन ।
ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरुको भनाइ छ ।
पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको आन्तरिक विवाद मिलाउन दवाव दिएपछि ओली युटर्न भएका हुन ।
बालुवाटारबाट निजी निवास सर्ने क्रममा नेपालबाहेक अरु नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले अहिले आएर सबैलाई आममाफी दिने घोषणा समेत गरेका छन् । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।