इलाम । आमा बाबुकै मृत्यू भएपछि अभिभावकविहीन भएका इलाम नगरपालिका वडा नं. ५ का दुई जना बालिकाहरुको अभिभावक अब एसओएस बालग्राम इटहरी बन्ने भएको छ ।
चार वर्षअघि आमा लोकमायाको मृत्यूपछि बाबु मनराज लिम्बूले पनि आत्महत्या गरेपछि अभिभावक विहीन भएका दुई जना बालिकाहरुलाई आज एसओसए बालग्राम इटहरीले अभिभावकत्व प्रदान गर्दै लिएर गएको छ । उनीहरुको संरक्षण र शिक्षा एओएस बालग्राम इटहरीलेनै लिने बालग्रामका निर्देशक डीसी चौधरीले बताए ।
एसओएस बालग्राम इटहरीका निर्देशक आफैं बालिकाहरुलाई लिन आएका थिए । इलाम नगरपालिका वडा नंं ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ र स्थानीयको रोहबरमा बालिकाहरुलाई बालग्रामले जिम्मा लिएको हो ।
दुर्गा प्रावि र अमर माविमा अध्ययन गरिरहेका १२ र १० वर्षका बालिकाको उचित संरक्षण र शिक्षाका लागि दुर्गा प्राविका शिक्षकहरुले एसओएस बालग्राम इटहरीमा सम्पर्क गरेका थिए । शुक्रबार बालिकाहरुको बढीआमा विष्णु लिम्बूबाट बालग्रामले बालिकाहरुलाई जिम्मा लिएको हो ।
बालिकाहरुको संरक्षण र शिक्षा दिक्षामा कुनै कमिकमजोरी नहुँने बालग्रामका निर्देशक चौधरीले बताए ।