दुवईमा एक इलामे युवाको मृत्यु

  आवाज संवाददाता

इलाम।वैदेशिक रोजगारीका लागि दुवई पुगेका इलाम सुलुबुङका ३० वर्षीय खेमराज साउदेनको शनिबार निधन भएको छ ।

दुवईमै आफ्नो ड्युटीबाट कोठा फर्किएका साउदेनलाई रिंगटा लेगपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको खबर आएको साउदेनका छिमेकी इलाम सुलुबुङका सिपी शर्मा गड्ताैलाले जानकारी दिए । गड्ताैलाका अनुसार सँगै कोठामा बस्ने इलाम महमाइका एक युवकले फोन मार्फत साउनेदका परिवारलाई उनको मृत्युको खबर दिएका थिए ।

साउदेन ०७६ पुस १० गते मात्रै रोजगारका लागि दुवई गएको बताइको छ । मृतक साउदेनका  श्रीमति र तीन नाबालक छोरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार