इलाम । इलाम नगरपालिका-१ नेपालटारमा घर बनाउन तयार पारेकाे पिलरले किचेर आठ वर्षीय बालककाे मृत्यू भएकाे छ ।
हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका-६ खरेलडाँडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको शुक्रबार बेलका मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाई राखेको पक्की सिमेन्टको पिलर अचानक ढली किचेर गम्भिर घाईते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याउँदा मृत्यु भई सकेको प्रहरीले जनाएकाे छ ।