आयुर्वेदिक तरिका अपनाएर सुधार्नुहोस् आफ्नो पाचन प्रक्रिया, टाढा हुनेछन् रोगहरु

  आवाज संवाददाता

पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ ।
एक स्वस्थ मानिसको पाचनक्रियाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ ।

तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कुनै बेला पाचन प्रक्रियामा समस्या भोगेको अनुभव हुन्छ । पाचनप्रणाली भित्र रहेका राम्रा र खराब ब्याक्टेरियाको असन्तुलनले हामीलाई यस्तो अनुभव हुन्छ । यो सन्तुलन निन्द्रा, औषधि, धेरै मात्रामा गुलियो खानु र रक्सीको सेवनले पनि बिग्रन्छ ।

आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

१. स्वस्थ र एकाग्र भएर खाने

आजकालको जीवनशैलीमाा हरेक मानिस एकपटकमा विभिन्न काम गर्ने बारे सोच्छन् र समस्याहरु यँहीबाट सुरु हुन्छ । आयुर्वेदले सँधै एकाग्र भएर खाने सुझाव दिन्छ किनभने यस्तो गर्नाले मस्तिस्कलाई हाम्रो खानाको बारेमा सहि जानकारी मिल्छ ।
हल्का सादा खाना, सुपाच्य खाना एवम् सात्विक खाना खाएमा तपाईंको अग्नी उर्जावान रहन्छ ।

२. अग्नी खराब बनाउने पदार्थबाट टाढै रहनुहोस्

खराब तरल पदार्थहरुले तपाईंको अग्नीलाई बिगार्न सक्छ । धेरै मात्रामा तरल पदार्थ जस्तै कोल्ड ड्रिंक्स, अल्कोहल आदीको सेवनले पनि तपाईंको पाचनप्रणालीलाई असन्तुलित गर्छ । यस्तै धेरै सुत्ने, धेरै खाना खाना खाने गर्नाले पनि अग्नीको अस्तित्व संकटमा पर्छ ।

३. आफ्नो अग्नीलाई सुधार्ने

स्वस्थ भोजन गरेर हामी आफ्नो अग्नीलाई पहिले देखि नै सुधार्न सक्छौं, जसले राम्रो परिणाम दिन सक्छ । खान भन्दा पहिले हल्का हिँडडुल गर्नु पनि तपाईंको अग्नीलाई सुधार्ने एक सरल र फाइदाकारी सुझाव हो । बिहान उठ्नासाथै २ गिलास पानी पिउनाले पनि पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ ।

४. षैष्टिक गुण धेरै भएका खाद्यपदार्थको सेवन गर्नुहोस्

दिनचर्यामा अधिक पौष्टिक गुणवान खाद्यपदार्थहरुको सेवन गर्नाले तपाईंको पाचन प्रणालीको अग्नीलाई सुधार्छ । तपाईंको आहारमा पर्याप्त मात्रामा सागसब्जी एवम् फलफूल हुन आवश्यक छ । यसखालको आहारले तपाईंलाई पाचनमा हुने रोगहरुबाट बँचाउछ ।

५. दैनिक एकै समयमा खाना खानुहोस्

यो बानी अपनाउन थोरै मुस्किल हुन सक्छ तर यो बानीको फाइदा भरपुर छ । दैनिक एकै समयमा खाना खानाले तपाईंको पाचन प्रणालीलाई सुधारेर त्यसको उत्पादकत्व बढाउँछ ।

६. व्यायाम महत्वपूर्ण छ

धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।

७. ताजा हावा र केही आसन

जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचन तन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।

८. काममा ध्यान लगाउने

आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले तपाईंलाई असङ्ख्य लाभ दिन सक्छ ।

९. सहि मात्रामा पानी पिउने

दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचनप्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।

१०. विषहरण प्रक्रिया

आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।

विषहरण क्रियाले तपाईं आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण क्रियाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवन देखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ ।
पाचनप्रणाली भित्रको अग्नीले हरेक मानिसलाई सक्रिय उर्जावान राख्छ । पाचनप्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचनप्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार