भगवान बुद्धले भनेका छन्, ‘हरेक बिहान मानिसले एक नया“ जन्म लिन्छ ।’ त्यसैले हरेक दिन तपाईको निम्ति विशेष हो । हरेक दिनले तपाईका लागि उत्तिकै चुनौती र अवसर लिएर आएको हुन्छ । त्यसैले वर्तमानको क्षणलाई कसरी अर्थपूर्ण बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
भनिन्छ, दिनको सुरुवात हा“सी–खुसी सुरु गरियो भने मनभित्र सकारात्मक भाव जागिरहन्छ । हामीले जुन हिसाबले दिनको सुरुवात गर्छौ, दिनभर त्यसको प्रभाव रहन्छ ।
बिहान जतिबेला हामी उठ्छौं, शरीर चंगा हुन्छ । मन सफा हुन्छ । थकान हु“दैन । तनाव हुँदैन । हो, यही क्षणमा हामी आफुलाई खुसी तुल्याउन सक्छौं ।
खुसीको खातिर
हरेक दिन यस्तो केही काम गर्नुहोस्, जसले खुसी अनुभूत गराउ“छ । जस्तो संगीत सुन्नु, मिठो खाना खानु, खाना पकाउनु, घुम्नु । जे पनि गर्न सकिन्छ ।
खुसी हुन कुनै कारण चाहि“दैन । विना कारण पनि खुसी हुन सकिन्छ । मुस्कुराउन सकिन्छ । किनभने यो हामीभित्र छ । न खरिद गर्नुपर्छ, न सापटी लिनुपर्छ, न पैंचो माग्नुपर्छ । आफैभित्र रहेको कुरालाई किन हामी उपयोग नगर्ने ?
खुसीको प्रभाव
जब हामी खुसी हुन्छौं, हाम्रो सामुन्नेमा आउने हरेक व्यक्तिमा त्यसको प्रभाव पर्छ । हाम्रो श्रीमान्मा, श्रीमतीमा, छोराछोरीमा, आमाबुवामा, साथीभाईमा । यसले मनमा सकारात्मक भाव पैदा गर्छ । यही सकारात्मक भावले उर्जा पैदा गर्छ । त्यसैले खुसी हुनुको स्वास्थ्यसँग गहिरो नाता छ ।
अक्सर खुसी रहने व्यक्ति केही दीर्घरोगको जोखिममा हुँदैनन् । चिन्ता, तनाव, डिप्रेसन, उच्च रक्तचापदेखि मुटुको रोगको जोखिम हुँदैन ।
खुसी हुँदा मानिस सकारात्मक रहन्छन् । सकारात्मक हुनु भनेको दीर्घायु हुनु पनि हो ।
खुसी हामी त्यसबेला रहन्छौं, जब जीवनप्रति आशावादी रहन्छौं । यसले हामीलाई जीवनमा केही गर्न प्रेरित गरिरहन्छ । आशावादी व्यक्तिले हरेक चुनौतीमा पनि अवसर खोज्छन् । यही गुणले उनीहरुलाई अगाडि बढाउँछ ।
लाफ्टर थेरापी
खुसी हुनु अर्थात हाँस्नुलाई उपचारात्मक विधी अन्र्तगत पनि प्रयोग गरिन्छ । यसलाई लाफ्टर थेरापी भनिन्छ । जो व्यक्ति उन्मुक्त हाँस्न सक्छन्, उनीहरु निरोगी हुन्छन् ।
हाँसेको बेला हाम्रो मनमा तनाव हु“दैन । अनुहारको मांसपेसीको व्यायाम हुन्छ । रक्तप्रवाह पनि राम्ररी हुन्छ । शरीरको कोशिकामा पर्याप्त अक्सिजन पुग्छ ।
लाफ्टर थेरापीको माध्यामबाट तनाव र डिप्रेसन जस्ता मानसिक विकार कम हुन्छ । मानसिक विकारको सिधा असर मानिसको प्रतिरक्षा प्रणालीमा पर्छ । त्यसैले उन्मुक्त हा“स्ने व्यक्तिको रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ ।