सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभा सिलिचोङ गाऊपालिका-१ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई स्वास्थ्य चौकीको समान सार्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

शनिबार दिउँसो  २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साधुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार