भाेलिदेखि इलाम नगरपालिका सिल गर्न सिफारिस

इलाम । इलाम नगरपालिकासँगै जिल्लामै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

इलाम नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए ।

नगरमा पनि दैनिक संक्रमण बढ्दै गएको तथा मृत्यू हुनेको संख्या पनि बढ्दै गएकाले नगरपालिकालाई एक हप्ताका लागि सिल गर्न बैंठकले सिफारिस गर्ने निर्णय गरेको उनले बताए । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गर्ने गरेर सिफारिस गरिएको र वडा कार्यालयहरु समेत बन्द रहने प्रवक्ता श्रेष्ठले बताए ।

इलाम नगरपालिकामा दोस्रो लहरपछि नौं सय १६ जना संक्रमित भइसकेका छन् भने १६ जनाको मृत्यू भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार