प्रदेश–१ मा अपराधका सात हजार तीन सय ८४ मुद्दा

प्रदेश नम्बर १मा गत एक बर्षमा विभिन्न किसिमका अपराधमा सात हजार तीन सय ८४ मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक २०७७/०७८ को श्रावणदेखि असार मसान्तसम्ममा सात हजार ३ सय ८४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले ४० करोडभन्दा बढी राजश्व संकलन गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार प्रहरीले सो सफलता पाउन सकेको प्रहरीको दाबी छ ।

त्यसैगरी सोही अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भएको छ । त्यस्तै चार करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागूऔषध नियन्त्रणतर्फ ३५१६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने १७८९.१११ केजी गाँजा बरामद भएको छ ।

यसैगरी बिभिन्न मनोद्विपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्विपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्विपक औषधिहरु दुई हजार चार सय ८३ ट्याब्लेट बरामद भएको छ ।

भन्सार चोरी निकासीतर्फ अबैध रुपमा सामान चोरी निकासी गर्ने १९० जना मानिस पक्राउ गरेको प्रहरीले नदीजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने एक सय ७० जना मानिस र सात सय ८५ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार–पसार गर्ने सवारी साधनलाई पक्राउ गरेको जनाइएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३२६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार सात सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार