कोरियाको थेजनमा एक नेपालीको युवाकाे निधन

दक्षिण कोरिया / दक्षिण कोरियाको राजधानी सौलबाट करिब ९८ किलोमिटर टाढा थेजनस्थित एक कम्पनीमा कार्यरत नेपाली युवाको मृत्यु भएको छ ।

रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा २००८ मा कोरिया आएका ३५ बर्षीय मदन भुजेलको मृत्यु भएको हो । शनिबार साझ स्थानीय साथिहरु सङ्ग फुटबल खेली सकेर आराम गर्ने क्रममा अचानक ढले पछि उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

भुजेल २००८ तिर कोरिया प्रवेश गरेर पहिलो कार्यकाल पूरा गरी पून: कोरिया आएर दक्ष कामदार अर्थात इ – ७-४ भिसामा कार्यरत थिए । सामाजिक कार्यमा सक्रिय भूजेल हालै सम्पन्न एनआरएन ए कोरियाको छुङ्नाम क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । खाेटाङ घर भई हाल ललितपुरकाे इमाडाेल बस्दै आएका मृतक भुजेलको १ छोरी र १ छोरा रहेको र उनको भाइ समेत कोरियामा नै कार्यरत रहेको गैर आवासीय नेपाली महामसंघ समन्वय परिषद दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्जिब कुमार राईले जानकारी गराए । राईका अनुसार आज सम्पन्न हुने भनिएको संघको अधिवेशनमा भुजेलको मृत्यूका कारण सपत ग्रहणको कार्यक्रम स्थगित गरेर संस्थाका तर्फबाट अस्पतालमा गएर मृतकको बारेमा आवश्यक जानकारी लिएइको थियो ।

परिवारको अनुरोध अनुसार भुजेलको शवलाई नेपाल पठाउने प्रक्रीयाका लागि नेपाली राजदुतावासलाई आवश्यक जानकारी गराई सकिएको राईले बताएका छन । पोस्टमार्टम रिपोर्ट अनुसार भुजेलको मृत्यू हृदयघातको कारण भएको र मृतकको शब स्थानीय एक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार