इलाममा साउन १२ देखि खाेप: जाेन्सन र भेराेसेल खाेप यसरी दिइने

  आवाज सम्वाददाता

फाइल तस्बीर

इलाम । इलाममा  साउन १२ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

५५ वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यो उमेर समूहसँगै विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक सवारीका चालक सहचालक र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत यसअघि खोप लगाउन छुटेका व्यक्त्तिहरुलाई खोप दिइने भएको छ ।

चुलाचुली, माई, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम अस्पतालमा साउन १२ गतेदखि १४ गतेसम्म भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसरीनै इलाम, सूर्योदय, रोङ, सन्दकपुर र माइजेगमाईमा साउन १७ गतेदेखि तीन दिन भेरोसेल खोप दिइने बताइएको छ ।

यसरीनै चुलाचुली, माई, माङसेबुङ, देउमाई, फाकफोकथुम र इलाम अस्पतालमा साउन १७ गतेदेखि तीन दिन जोन्सनको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसरीनै इलाम सूर्योदय, रोङ, सन्दकपुर र माइजेगमाईमा साउन २४ गतेदेखि तीन दिन जोन्सनको खोप दिइने बताइएको छ ।

जोन्सनको खोप भने ५० देखि ५५ वर्ष उमेर समूहका पहिलो डोज नलगाएकाहरु, पूर्ण र अति अशक्त्त अपाङ्ग भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेके शरणार्थी खोप अनिवार्य गरेको देशमा जाने नेपाली र स्वास्थ्य सरसफाइमा कार्यरतहरुलाई जोन्सनको खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालका अनुसार हाल २२ हजार डोन भेराेसेल इलाम आइपुगेकाे छ । जाेन्सनकाे भने भण्डारण समस्याका कारण इलाम आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार