भौतिक विकासमा मात्र होइन, शैक्षिक गुणस्तरमा पनि मरिहत्ते गर्छन् सूर्याेदयका मेयर

  आवाज संवाददाता

तस्बिरः सूर्योदय नगरपालिका मार्फत कक्षा ८ र कक्षा १० का विद्यार्थीलाई गणित विषयको अभ्यास पुस्तिका वितरण गर्दै नगर प्रमुख रणबहादुर राई ।

इलाम।विद्यालय तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ । तर, अपवादका स्थानीय तह बाहेक विद्यालय शिक्षको सुधारका लागि ठोस् काम गर्न सकिरहेका छैनन् । धेरै स्थानीय तहले त शैक्षिक गुणस्तर सुधारभन्दा पनि शिक्षक, कर्मचारीको नियुक्ति र सरुवा बढुवामा ध्यान दिएको देखिन्छ । इलामको सूर्योदय नगरपालिका भने अपवादको रुपमा काम गरिहेको छ । सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न आर्थिक लगानी मात्र गरिरहेको छैन, नगरप्रमुख आफैं कक्षा कोठादेखि अभिभावकसम्म पुग्ने गरेका छन् ।

सूर्योदय नगरपालिका भित्र रहेका कक्षा आठ र कक्षा दशका विद्यार्थीलाई नगरपालिकाले अभ्यास पुस्तिका वितरण गर्न थालेको छ । गणित विषयको अभ्यास गराउने र गणितमा कमजोर रहेका विद्यार्थीलाई सहयोग गर्र्ने उद्देश्यले अभ्यास पुस्तिका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

‘गणित विषयलाई विद्यार्थीहरुले जटिल रुपमा लिने गरेका छन्, तर विद्यार्थीलाई यो विषय सहज हो भन्ने धारणाको विकास गराउन नगरपालिकाले नयाँ नीति लिएको हो ।’ राईले भने ‘गणितसँगै खेलौं, गणितीय धारणा बनाऔं भन्ने नारा साथ अभ्यास पुस्तिका कक्षा–कक्षामै पुगेर दिने गरिएको छ ।’

गतवर्ष ‘एसइई’ परीक्षाको तयारीका लागि नगरपालिकाले विद्यार्थीलाई अभ्यास पुस्तिका दिएको थियो । यो वर्ष भने कक्षा – ८ देखिनै विद्यार्थीलाई गणित विषयमा सक्षम गराउने उद्देश्यले अभ्यास पुस्तिका दिइएको नगरप्रमुख रणबहादुर राईले बताए । ‘गणित विषयलाई विद्यार्थीहरुले जटिल रुपमा लिने गरेका छन्, तर विद्यार्थीलाई यो विषय सहज हो भन्ने धारणाको विकास गराउन नगरपालिकाले नयाँ नीति लिएको हो ।’ राईले भने ‘गणितसँगै खेलौं, गणितीय धारणा बनाऔं भन्ने नारा साथ अभ्यास पुस्तिका कक्षा–कक्षामै पुगेर दिने गरिएको छ ।’ नगरप्रमुख राई आफैं उपस्थित भएर ती विद्यार्थीलाई तीनवटाका दरले अभ्यास पुस्तिका बाँड्ने गरेका छन् ।

नगरप्रमुख आफैं उपस्थित कक्षा कोठामा देख्दा विद्यार्थीमा पनि उत्साह थपिने गरेको पाइएको शिक्षकहरुको प्रतिक्रिया छ । नगरपालिकाले एक जना विद्यार्थीलाई तीन वटाका दरले अभ्यास पुस्तिका उपलब्ध गराएको छ । विद्यार्थीले एक महिना भित्र गणितको अभ्यास यि पुस्तिकामा गर्नुपर्ने छ । नगरपालिकाले फिक्कल मावि, कृष्णाश्रम मावि, करफोक विद्या मन्दिर, ज्योति मावि, बौद्धधाम मावि, इस्ट पोइन्ट, पशुपति नेशनल, इभरल्याण्ड अंग्रेजी वोडिङ स्कूलसहित १२ विद्यालयका सात सय ९० विद्यार्थीलाई दुई हजार तीन सय ७० वटा अभ्यास पुस्तिका वितरण गरी सकेको छ । नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ४७ वटा मावि÷निमाविका विद्यार्थीलाई अभ्यास पुस्तिका वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।

अभ्यास पुस्तिका वितरणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा पाँच लाख रुपियाँ छुट्याएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार