धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंकमाया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।