जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइने भएको छ ।
चौधरीले अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने बताइएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा रहेका राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरीलगायतका नेताहरूले यादव पक्षमा हस्ताक्षर गरेका छन् ।
त्यसपछि यादव पक्षमा संख्या बढिरहेको छ । मनिष सुमनले रेशम चौधरीले पनि यादवको पक्षमा हस्ताक्षर गर्ने जानकारी दिए । राजेन्द्र महतोसँग निकट सम्बन्ध भएका चौधरी पछिल्लो समय रुष्ट थिए ।साभार : शिलापत्रबाट