थप ९० जनामा कोरोना पुष्टि

इलाममा थप ९० जनामा कोरोना देखिएको छ । आज इलाम नगरपालिकामा २३ जना, माङसेबुङ गाउँपालिकामा २०,सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १÷१ जनामा सङ्क्रमण देखिएको छ ।

     थप एक जनाको मृत्यु भएका् छ । यस्तै, हालसम्म तीन हजार एक सय ३१ जनामा सङ्क्रमण देखिएको छ भने हालसम्म सक्रिय सङ्क्रमित आठ सय ९० जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार