सीसी क्यामेराको निगरानीमा बिब्ल्याँटे बजार

  आवाज संवाददाता

इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ ।

बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले बताए ।

फोर एकपीको रातीसमेत कलर भिजन भएको क्यामेरा जडान गरिएको हो । सीसी क्यामेराको डिसप्ले भने प्रहरी चौकी बिब्ल्याँटेमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार