प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुराना प्रदेश प्रमुख फेर्ने भएकाे छ । केपी आेली सरकारले नियुक्त गरेका प्रमुख हटाउने तयारी भएकाे हाे । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् । नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् । सुरुवातमा पुष्पकमल दाहाल प्रचण्ड र आेलीले भागवण्डामा प्रमुख छनाैट गरेका थिए । तर पछि नेकपाबाट एमाले र माआेवादी विभाजनपछि आेलीले एकलाैटी रुपमा प्रमुख नियुक्त गरेका थिए ।