दुवै मृगौला फेल भएपछि यतिखेर इलामका एक युवा अस्पतालको शैयामा छटपटाइरहेका छन् । इलाम नगरपालिका ८ महबीरका २४ बर्षिय सुमन बानियाँ काठमाडौको शिक्षण अस्पतालमा जीवन र मरणको दोसाधमा छन् ।
उनको उपचारमा लाखौं रुपैयाँ खर्च भइसकेको छ । तर उनको स्वास्थ्य अवस्था सुध्रन नसक्दा परिवार चिन्तित बनेका छन् । मृत्युसँग जुधिरहेका बानियाँको मृगौला प्रत्यारोपण गर्नुपर्ने भन्दै डाक्टरले सुझाएपछि यतिखेर उनको परिवार चिन्तामा डुबेको हो ।
हालसम्म ऋणपान गरेर उपचार गराइरहे पनि अब ऋण खोज्ने ठाउँ पनि कहिँ नभएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकाले आफनो छोरालाई बचाइदिन उनको आमासहित परिवारले सम्पूर्ण इलामबासीसहित देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा आर्थिक सहयोगको आग्रह गरेका छन् । सुमनको बाबुको भने पहिले नै मृत्यु भइसकेको छ ।
उनको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले राष्ट्रिय बाणिज्य बैंकमा पीडित बाँनियाको साथि रोसन सुब्बाको २४६०१००००४९११०१० खाता नम्बरमा जम्मा गरीदिन आग्रह गरिएको छ ।