एकैबर्षमा ट्राफिक प्रहरी इलामद्वारा ५० लाख राजश्व स‌ङ्कलन

   जिल्ला ट्राफिक कार्यालय इलामले गएको आर्थिक वर्ष ०७७/०७८ मा ५० लाख एक हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

   जिल्ला भित्र विभिन्न सवारी कार्वाहीबाट उक्त राजश्व संकलन भएको ट्राफिक कार्यालय इलामले जनाएको छ ।
चार वर्षको तथ्याकंलाई हेर्दा आर्थिक वर्ष ०७७/०७८ र अघिल्लो आर्थिक वर्ष ०७६÷०७७ मा आधानै राजश्व रकम घटेको छ । आर्थिक वर्षहरुमा भन्दा ०७४/०७५ मा ८१ लाख ९२ हजार राजश्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ८० लाख १४ हजार पाँच सय रुपैयाँ राजश्व संलन भएको थियो । वर्ष ०७६/०७७ मा भने ४९ लाख ९९ हजारमात्र राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्याकं छ ।

गएको आर्थिक वर्ष ०७७/०७८ मा भने १०९४ ट्रक, ६१ ट्रिपर, ५५ बस, ३०५२ कार/जीप, ४४४ ट्याक्टर, ३५५४ मोटर साइकल, ३८८ टेम्पो÷सिटी र अन्य छ सवारी गरि ८ हजार ६५४ सवारीलाई कार्वाही गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार