मेची नगर नगरपालिका मध्यरातदेखि सिल

  झापाको मेचीनगर नगरपालिकाक्षेत्र साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गरिएको छ ।

  नगरक्षेत्रमा कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएपछि सोमबार बसेको मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरक्षेत्रलाई शिल गर्न कार्यपालिकालाई सिफारीस गरेको थियो । समितिको सिफारीसका आधारमा मंगलबार मध्यान्ह बसेको कार्यपालिका वैठकले साउन १२ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म शिल गनृे निर्णय गरेको निमित्त नगरप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिए ।

       वैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निमित्त प्रमुख उप्रेतीले बन्दाबन्दीको अवधिमा अस्पताल, स्वास्थय चौकी, केन्द्र, एम्बुलेन्स, बारुणयन्त्र,सेवा बाट प्रदान हुने सेवा, औषधि पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन,विद्युत, टेलिफोन, खानेपानी इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु २४ सै घण्टा खुला रहने, दूध अण्डा, फलफूल तरकारीका पसलमात्र विहान ६ देखि ८ बजे २ घण्टासम्म खुला रहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार