४ महिनाभित्र सदरमुकामबासीले पाउँदैछन् २४ सैं घण्टा खानेपानी, कम्प्युटरले भेल्भ नियन्त्रण गर्ने नयाँ प्रविधि

  आवाज संवाददाता

इलाम।इलाम सदरमुकामबासीले अबको चार महिनामा स्वच्छ पिउने पानी उपभोग गर्न पाउने भएका छन् । इलाम शहरी खानेपानी आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ । अहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए ।

आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्ड अनुसारको पिउने पानी उपलब्ध गराइनेछ । घरमा जडान गर्नका लागि दुई हजार घरसम्म पाइपलाइन पुर्याई सकिएको छ । मिटर र धारा जडान गर्न मात्र बाँकी रहेको छ ।

कोभिड–१९ का कारण गरिएका लकडाउनका कारण केही ढिला भएपनि चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको छ । माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीब्र गतिमा भइरहेको इन्जिनियर धिमालले बताए । २३ किलोमिटर लामो पाइपलान रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी रहेको छ ।

कोभिड–१९ का कारण गरिएका लकडाउनका कारण केही ढिला भएपनि चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको छ । माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीब्र गतिमा भइरहेको इन्जिनियर धिमालले बताए । २३ किलोमिटर लामो पाइपलान रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी रहेको छ ।
सेडिमेन्टेनशन ट्याङ्की तीन वटा जस्बीरेमा छन् । जसको काम पनि सम्पन्न हुन लागेको छ । त्यसपछि पानीलाई शुद्धिकरण गर्नका लागि चारखाँदेमा शुद्धिकरण ट्याङ्कीहरु पनि निर्माण सम्पन्न भइसकेका छन् । अहिले फिनिसिङ गर्ने काम भइरहेको इन्जिनियर धिमालले बताए ।
चारखाँदेबाट आयोजनाको १० वटा आरबीटी (ट्याङ्की) बनाउने काम समेत धमाधम भइरहेको र केही सम्पन्न भइसकेको बताइएको छ ।
एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ । ५७ करोड ९५ लाख रुपैयाँको सम्झौतामा आयोजनाको काम भइरहेको बताइएको छ । नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ ।

२० वर्ष सम्म डिजाइन अवधि रहेको आयोजनाका लागि चारवटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौंवटा पानी ट्यांकी र चार हजार एक सय निजी धारा रहने उल्लेख छ । वितरण पाइपलाइन सहित एक सय ५० किलोमिटरमा एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ ।

आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ । सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।

कम्प्युटरबाटै पानीको भल्भ नियन्त्रण गर्ने स्काडा सिस्टमको प्रयोग
मोबाइल र कम्प्युटरबाटै आयोजनाको पानीका भल्भहरु कन्ट्रल गर्न सकिने नयाँ प्रविधि पनि आयोजनामा लागू गर्न लागिएको हो ।

मोबाइल या कार्यालयमा रहेको कम्प्युटरबाट वितरण ट्याङ्कीका गेटभल्भहरु कन्ट्रोल गर्न सकिने प्रविधिको प्रयोग गर्न लागेको हो । मानिस ट्याङ्कीसम्म नपुगी मोबाइल र कम्प्ुटरबाटै नियनत्रण गर्न सकिने बताइएको छ ।

यो खानेपानीका लागि नयाँ प्रविधि भएको आयोजनाका इन्जिनियर धिमालले बताए । नेपालमा पहिलो पल्ट इलाम, भोजपुर र खोटाङमा पहिलो पल्ट यो प्रविधि लागू गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार