ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

टाेकियाे । जापानकाे टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००।११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उहाँ तेस्रो स्थानमा रहनुभयो । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइलनमा प्रवेश गर्नेछन् । पचास मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभएको हो । यसअघि उहाँको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरिका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार