इलाममा विहीबार ७६ जना संक्रमित


इलाम । इलाममा विहीबार ७६ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
बुधबार इलाम नगरपालिकामा ३५ जना संक्रमित भएका छन् । सूर्योदय नगरपालिकामा २० जना, देउमाई नगरपालिकामा १३ जना, माई नगरपालिकामा ५ जना र रोङ गाउँपालिकामा ३ जना संक्रमित भएका छन् ।
इलाममा हालसम्मको संक्रमितको संख्या तीन हजार तीन सय ५१ जना संक्रमित भएका छन् । मृत्यू हुनेको संख्या ६९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार