इलाम नगरपालिकाले जनककाे सालिक स्थापना गर्ने

सेल्फी चोकको नाम जनक चोक नामाकरण

इलाम । इलाम नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल रहेको साविकको सेल्फीपुल रहेको ठाउँको नाम जनक चोक नामाकरण गरेको छ ।

इलाम नगरपालिकाले सो ठाउँको सौन्दर्यीकरणका लागि हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउने गरी राष्ट्रिय विभूति राजा जनकको सालिक स्थापना गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार साहले बताए ।

राष्ट्रिय विभुति राजा जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा हुन । प्राचीन राज्य मिथिलाको राजधानी जनकपुर हो ।

पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता हुन । जनकलाई विदेह पनि भनिन्छ ।

जनक उनको वंशकै नामबाट राजा जनकका रूपमा प्रसिद्ध भए । जनक वंशका जम्मा ५२ जना राजा भएका थिए । जनक २२ औं सूचीका राजा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार