झापा । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि झापामा पनि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागु हुने गरेर निषेधाज्ञा जारी गरेको छ ।
साउन १६ गते मध्यरातीदेखि साउन २३ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विहीबार जारी गरेको हस्ताक्षरमा अति आवश्यक सेवा बाहेक सबै बन्द रहने गरी निषेधाज्ञा जारी गरिएको हो ।
औषधि र अत्यावश्यक वस्तुको खरिद गर्न बाहेक घरबाट निस्कन, यातायात सञ्चालनसमेत बन्द रहने गरी निषेधाज्ञा जारी गरिएको छ ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशः