सूर्योदयको एक चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति


इलाम । सूर्योदय नगरपालिका वडा नं. ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति भएको छ । आज राती करिब सवा १ बजे विद्युत सर्ट भई आगलागी भएको हो ।

दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको उद्योगीले , बताएका छन् । प्रहरी, शसस्त्र प्रहरी, स्थानीय र बारुण यन्त्रको सहयोगमा केही बेर अघि आगो नियन्त्रणमा आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार