इलाम ६२ जना संक्रमित थपिए

इलाम । इलाममा शुक्रबार ६२ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३७ जना संक्रमित थपिएका छन् । निषेधाज्ञा कडाई गरिएसँगै संक्रमण दर भने घट्दै गएको छ ।

माइ नरपालिकामा ९ जना, देउमाई नगरपालिकामा ७ जना, माइजोगमाई गाउँपालिकामा ५ जना, फाकफोकथुम गाउँपालिकामा ३ जना, रोङ गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।

इलाममा संक्रमितको संख्या तीन हजार ४१३ जना पुगेको छ भने मृत्यू हुनेको संख्या ६९ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार