इलामकाे सुपरमाई हाइड्रोपावरले ११.५० प्रतिशत नगद लाभांस दिने

काठमाडौं । इलाम बरबाेटेमा सञ्चालित सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ४ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई नगद लाभांस दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी भदौ ५ गते हुने कम्पनीको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि वितरण गरिनेछ । साथै, साधारणसभाले साधारण सेयर निष्कासन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ ।

साधारणसभा विद्युतीय माध्यम (भर्चुअल) बाट हुनेछ । साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफारनोक्सान हिसाब नगद प्रवाहा विवरण छलफल गरी पारित गर्नेछ । साथै, २०७८।७९ का लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत गोदक सबस्टेसनमा जोडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार