इलाममा एकै दिनमा २ जनाको मृत्यू २० जना संक्रमित


इलाम । इलाममा शनिबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू भएको छ भने २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार भएकाले एन्टिजेन परीक्षणसमेत कम मात्र हुने भएकाले संक्रमितको संख्या पनि कम देखिएको हो ।
इलाम नगरपालिकामा ७ जना, माई नगरपालिकामा ९ जना, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

योसँगै इलाममा मृत्यू हुनेको संख्या ७१ पुगेको छ भने संक्रमितको संख्या तीन हजार चार सय ३३ जना पुगेको छ ।
इलाममा २५ गतेसम्म निषेधाज्ञा कडाई गरिएको छ भने साउन २२ गतेसम्म इलाम नगरपालिकाका सबै वडाहरु समेत बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार