माइबेनी जलविद्युत आयोजनाले प्रभावित र जिल्लाबासीका लागि खुलायो आइपीओ, यि बैंकहरुमा आवेदन दिन सकिन्छ


इलाम। इलामस्थित माइखोलामा निर्माण सम्पन्न हुन लागेको माइबेनी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । साउन २२ गतेदेखि आवेदन दिन सकिने छ ।

उर्जा डेभलपर्सको प्रालिको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाको कू्रल १२ लाख ३० हजार शेयर मध्ये पाँच लाख कित्ता प्रभावित क्षेत्र र जिल्लाबासीका लागि निष्काशन गरिएको हो । प्रभावित क्षेत्रका लागि भनेर इलाम नगरपालिका वडा नं. ८ र १० तथा माइजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का लागि शेयर जारी गरेको छ । यसरीनै जिल्लाबासीले भर्न मिल्ने गरेर पनि कम्पनीले शेयर जारी गरेको छ ।

कम्पनीले पाँचलाख शेयसर मध्ये ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर प्रति शेयर सय रुपैयाँका दरले प्रभावित क्षेत्रका दुई पालिकाका चार वटा वडाबासीले भर्न पाउने छन् । त्यसको ६० प्रतिशत अर्थात तीन लाख शेयर भने जिल्लाबासीले भर्न पाउने छन् ।
इलाम जिल्ला स्थायी ठेगाना खुल्ने कागजात, अन्यत्र जिल्लाबाट बसाई सराई भएर आएको हो भने त्यसको प्रमाण र नाबालकको हकमा जन्मदर्ता तथा अभिभावकको नागरिकतासहित शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले शेयर विक्री गर्नका लागि एनआईविएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

प्रभावित क्षेत्र तथा जिल्लाबासीले शेयर आवेदन गर्नका लागि नेपाल एसविआई बैङ्क लि. इलाम शाखा, शिद्धार्थ बैङ्क लि. इलाम शाखा, एन एम वि बैङ्क लि., इलाम शाखा, लक्ष्मी बैङ्क लि. इलाम शाखा, सिभिल बैङ्क लि. माइजोगमाई नयाबजार शाखा र नेपाल घितोपत्र वोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पुर्ण सि–आस्वा (सिआश्वा) सदस्य बैङ्क तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयहरुबाट सकिने कम्पनीले जनाएको छ ।

इलामको माइबेनीमा पावरहाउस रहेको माइबेनी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र यसै सातादेखि परीक्षण उत्पादन शुरु हुने कम्पनीले जनाएको छ ।

९ दशमलव ५१ मेगावाटको सो जलविद्युत केन्द्रबाट वार्षिक ५३ दशमलव २८ गिगावाट उत्पादन हुनेछ । आयोजनाको संरचनामा दुई हजार चार सय मिटर सुरुङ्गसमेत रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत काबेली कोरिडोरको १३२÷३३ केभी गोदक सबस्टेशनमा जोडिने छ । विद्युतगृहदेखि सबस्टेशनसम्मको आवश्यक साढे दुई किलोमिटर लामो प्रशारण लाइनको निर्माण सम्पन्न भएको छ ।

दुई अर्ब रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको आयोजनाका लागि एसबीआई र सिद्धार्थ बैंकले ७५ प्रतिशत लगानी गरेका छन् भने कूल लागतको २५ प्रतिशत स्वपूँजी लगानी रहेको छ । कम्पनीले स्वपूँजी लगानी जुटाउन उक्त १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्कानि गरेको हो । प्रभावित तथा जिल्लाबासीलाई जारी गरेर बाँकी रहेको सात लाख ३० हजार कित्ता सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार