कोभिडबाट इलाममा एकै दिन चार जनाको मृत्यु

इलाम । कोरोना माहामरीका कारण आइतबार इलाममा चार जनाले ज्यान गुमाएका छन् । कोरोना भाइसरको संक्रमणबाट जिल्लामा एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाम नगरपालिका वडा नम्बर–७ का ४१ र ४३ वर्षका दुई महिला, रोङ गाउपालिका वडा नम्बर–३ का एक पुरुष र माङसेबुङ्ग गाउँपालिका वडा नम्बर–४ की ६५ वर्षकी महिलाको मृत्यु भएको हो । एकै दिन चार जनाले ज्यान गुमाएपछि इलाममा भोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

आइतबार इलाममा ७६ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १८ महिला र २९ पुरुष गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ महिला र नौ पुरुष गरेर १५ जना, देउमाई नगरपालिकामा चार महिला र तीन पुरुष गरी सात जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । माइजोगमाई गाउँपालिकामा तीन महिला र दुई पुरुष गरेर पाँच जना, फाकफोकथुममा एक पुरुष र सन्दकपुर गाउँपालिकामा एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको अध्यावधिक तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार