कन्याम ‘फार ब्यूटी’ कि ‘रियल ब्यूटी’ ?


इलाम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम कोरोना कहरका बीच पनि सिँगार्ने काम भइरह्यो । चियाबारीको बीचबाट चिरिएको मेची राजमार्गको आसपासमा नगरपालिकाले लाखौं खर्च गरेर सुन्दरता भर्ने काम गरिरहेको छ । निषेधाज्ञाकै बीचमा पनि कन्याम भाइरल बन्यो । यहाँको सुन्दर तस्बीरले सबैको मन आकर्षित गर्यो ।

कोरोना संक्रमणको जोखिमकै बीचमा पनि धेरैले कन्याम घुम्न पनि भ्याए । तर, यति सुन्दर कन्यामको सडकको दूरावास्थाले भने नजिकै पुग्नेको मन चस्कने गरेको छ । हुन त यस पटक मर्मत गरिएको मेची राजमार्गको इलाम खण्डमा काहीँ पनि गतिलो काम हुन सकेको छैन । सबै भत्किएको र उक्एिको देख्न सकिन्छ । यसले कन्यामलाई पनि अछुतो छोडेको छैन ।

सुन्दर कन्यामको बीचमा कुदेको कालोपत्रे  पनि अन्यत्र जस्तै मर्मत गरेको तीन महिना नहुँदैदेखि भत्किन थालेकाे छ । जसले  कन्यामको सौदर्यतामा दाग लगाउने काम गरेको छ । उसो त सडक चौडा पार्नका लागि खनिएका भित्ता र बाटोहरुको पनि समयमै काम नहुँदा कन्याम सडक खण्डमा सडकको दूरावास्था देखिन्छ ।

कन्यामको सुन्दरताले आकर्षित गरेर यहाँ आउने कतिपय आन्तरिक पर्यटकहरुले सडकको दुरावस्था देखेर कन्यामलाई ‘फार ब्यूटी’ काे संज्ञा पनि दिन थालेका छन् ।

सरकारले कन्यामलाई  उत्कृष्ट  गन्तब्य र प्रदेश सरकारले सूर्याेदय नगरपालिकालाई प्रदेश नं. १ काे पर्यटन नगरीकाे रुपमा घाेषणा गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार