मकैको बीऊ वितरण गर्दै वडा कार्यालय

  आवाज संवाददाता

फाइल फाेटाे

इलाम।इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका किसानहरुलाई उन्नत जातको मकैको विऊ वितरण गर्ने भएको छ ।
वडाका सबै किसानहरुले मकै खेती गर्ने भएकाले उन्नत जातको मकैको बीउ वितरण गर्नका लागि इच्छुक किसानहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको वडा कार्यालयका सचिव बुद्धिमाया तुम्बापोले बताइन् । उन्नत मकैको विऊ रोप्न चाहने किसानले माघ मसान्तसम्ममा आफ्नो नाम वडा कार्यालयमा दर्ता गर्नुपर्ने पनि वडा कार्यालयले जनाएको छ ।
मकैको बीऊसँगै कांक्रा, करेला जस्ता तरकारीको विरुवा पनि वितरण गर्ने तयारी रहेको बताइएको । गत वर्ष पनि वडा कार्यालयले बीऊ विजन वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार