इलाम । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘बिएस्सी इन हर्टिकल्चरका’ विद्यार्थीहरुले सोमबार क्याम्पसमा ताला लगाएका छन् ।
आफूहरुले अध्ययन गरेको बिषयलाई लोकसेवा आयोगले मान्यता दिनुपर्ने र माथिल्लो तह (स्नातकोत्तर) अध्ययन गर्न पाउनु पर्ने माग गर्दै आएका विद्यार्थीहरुले आफ्ना माग प्रति क्याम्पसले चासो नदेखाएको भन्दै तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र बागवानी विभागका विभागीय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थी संघर्ष समिति अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।