इलाममा ५१ जना संक्रमित थपिए, भाेलिदेखि निषेधाज्ञामा कडाई


इलाम । इलाममा सोमबार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इलाम नगरपालिकामा मात्र २६ जना संक्रमित थएिका छन् । यसरीनै सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा १०–१० जना, माइजोगमाई गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हालसम्म इलाममा संक्रमित हुनेको संख्या तीन हजार पाँच सय ६० पुगेको छ भने मृत्यू हुनेको संख्या ७५ पुगेको छ ।
आइतबार इलाममा एकै दिन चार जनाको मृत्यू भएको छ ।

इलाममा निषेधाज्ञा जारी रहे पनि फितलो भएकाले संक्रमणमा नियन्त्रणमा आउन नसकेपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञामा कडाई गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार