इलाम संक्रमणबाट एकको मृत्यू, ४९ संक्रमित


इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यू हुनका साथै ४९ जना संक्रमित थपिएका छन् ।

इलाम नगरपालिकाको एक शिक्षिकाको मृत्यू भएको हो । सबैभन्दा बढी इलाम नगरपालिकामा २१ संक्रमित भएका छन् ।
यसरीनै माई नगरपालिकामा ११ जना, सूर्योदय नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना, माङसेबुङ गाउँपालिकामा ४ जना र रोङ गाउँपालिकामा २ जना संक्रमित भएका छन् ।

इलाममा तीन हजार छ सय ९ जना संक्रमित भएका छन् । मृत्यू हुनेको संख्या भने ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार