विद्युत प्राधिकरणमा कुलमानलाई ल्याउन हितेन्द्रसँग मागियो राजीनामा

File Photos: THT

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

घिसिङलाई प्राधिकरणमा पुनः ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आजै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेकी छिन् । हितेन्द्रलाई बालुवाटार पुर्याएर प्रधानमनत्री शेरबहादुर देउवाकै अगाडि मन्त्री भुसालले राजीनामा मागिएको बताइएको छ ।

तर, प्रधानमन्त्री देउवा र कार्यकारी प्रमुख शाक्यले कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीले केही प्रतिक्रिया नजनाउनु उनी शाक्यलाई हटाएर घिसिङलाई ल्याउन सहमत देखिदैनन् । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसरी पनि घिसिङलाई प्राधिकरणमा ल्याउन देउवालाई दबाब दिइरहेको बताइएको छ ।

सरकारले नै आफूलाई नियुक्त गरेको हुँदा आफूले राजीनामा नदिने शाक्यको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार