गत सोमबार प्रहरीले खैरो हिरोइन सहित इलाम शान्ति डाँडाका ४७ वर्षीय रमेश अधिकारीलाई पक्राउ गर्यो । लागू औषध मुद्दामा पछिल्लो विर्तामोडबाट इलामको दानाबारी आउने क्रममा पटक पक्राउ परेका अधिकारीका साथबाट प्रहरीले ४५० मिलिग्राम खैरो हिरोइन बरामद ग¥यो ।
यसरी लागू औषधसहित व्यक्ति पक्राउ परेको यो घटना चालू आर्थिक वर्षको नयाँ भने होइन । बालबालिका, महिलासहित लागू औषध बिक्रेता समेतलाई चालू आर्थिक वर्ष ०७७।०७८ को पुस सम्ममा १५ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ । आठ वटा मुद्दामा १५ जना पक्राउ गरेर लागूू औषध समबन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक लालध्वज सुवेदीले बताए ।
सुवेदीका अनुसार चालू आर्थिक वर्षमा तीन किलो ९३० ग्राम गाँजा, दुई ग्राम ५६ मिलिग्राम ब्राउनसुगर, नाै थान एम्पुस (सुईबाट लिइने लागू औषध) बरामद भएको छ । गतवर्षको तुलनामा लागू औषध प्रयोगकर्ताको संख्या र लागू औषधको परिमाण निकै बढी हो । आर्थिक वर्ष ०७६।०७७ मा लागू औषधका पाँचवटा मुद्दा प्रहरीले चलाएको थियो । यी मुद्दामा नौं जना व्यक्ति पक्राउ परेका थिए । गत आर्थिक वर्षमा ४२ ग्राम गाँजा र पाँच ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही मुद्दालाई अनुसन्धान गर्दा कतिपय अविभावक आमा–बाबुनै वैदेशिक रोजगारीका लागि बाहिर रहेको अवस्थामा उनीहरुका बालबच्चा लागू औषधको दुव्र्यसनीमा फसेंको पाइएको इलामका प्रहरी उपरिक्षक नवीनराज राईले बताए । ‘वैदेशिक रोजगार र परिवारमा बाबु–आमा बीचको बेमेलका कारण पनि उनीहरुका नानीहरु लागूऔषधको शिकार भएको पाइयो ।’ प्रहरी उपरिक्षक राईले भने ‘विद्यालय छोडेका, टेम्पो चलाउने र ग्यारेजमा काम गर्नेहरु पनि लागू औषधमा फसेंको भेटिएको छ ।’
भारतीय सीमानासँग जोडिएको इलाममा पूर्वी सीमाना र झापातर्फबाट लागूऔषध ओसारपसार हुने गरेको पाइएको प्रहरी नायब निरिक्षक सुवेदी बताउँ५न्। ‘झापा र झापाको पनि पूर्वी सीमाक्षेत्रबाटै लागू औषध प्रयोग कर्ताले लागूऔषध ओसारपसार गरेको पाइन्छ ।’ सुवेदीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र दानाबारी, पेल्टीमारी र इलाम सदरमुकाम पनि लागूऔषधका लागि सुरक्षित क्षेत्रका रुपमा रहेको पाइन्छ ।
यो वर्ष कोरोनाको असरका कारण धेरै व्यक्ति घरमै बस्नुपरेकाले पनि पछिल्लो समय प्रयोगकर्ता बढेको सुवेदीले बताए ।
इलामलाई केही वर्ष यता लागूऔषध प्रयोग स्थलका रुपमा पनि लिने गरिन्छ । केही मुद्दालाई अनुसन्धान गर्दा कतिपय अविभावक आमा–बाबुनै वैदेशिक रोजगारीका लागि बाहिर रहेको अवस्थामा उनीहरुका बालबच्चा लागू औषधको दुव्र्यसनीमा फसेंको पाइएको इलामका प्रहरी उपरिक्षक नवीनराज राईले बताए । ‘वैदेशिक रोजगार र परिवारमा बाबु–आमा बीचको बेमेलका कारण पनि उनीहरुका नानीहरु लागूऔषधको शिकार भएको पाइयो ।’ प्रहरी उपरिक्षक राईले भने ‘विद्यालय छोडेका, टेम्पो चलाउने र ग्यारेजमा काम गर्नेहरु पनि लागू औषधमा फसेंको भेटिएको छ ।’
लागूऔषध प्रयोग कर्ताहरुले बालबालिकालाई पनि प्रयोग गर्ने गरेका छन् । १८ वर्षमूनिका बालबालिका समेत लागूऔषध मुद्दामा यो वर्ष पक्राउ परेको राई बताउँछन्। नेपालको कानूनले बालबालिकालाई सजायमा पनि केही छुट दिएकाले लागूऔषध प्रयोग कर्ताले पनि लागूऔषध ओसार–पसारमा बालबालिकाको प्रयोग गरिरहेका छन् । ‘पहिला अलि ठूलो परिमाणमा लागूऔषध बरामद गरिन्थ्यो, अचेल सबैभन्दा कम एक डोजको मात्र भेटिन्छ ।’ राईले भने ‘अझ नाबालकलाई कानूनले समात्दैन भन्ने जानेर एक डोज बोक्न पनि नाबालकलाई लगाउने गरेको समेत पाइयो ।’