इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको एपोलो अस्पताल दिल्लीमा आज मृगौला प्रत्योपरण गरिएको छ ।
एपोलो अस्पतालमा डा. सन्दिप गुलरियाको नेतृत्वको स्वास्थ्यकर्मीको टीमले खनालको मृगौला सफलता पूर्वक प्रत्यारोपण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन् ।
खनाल केही दिन अस्पतालमै उपचार र आराम पछि स्वदेश फर्कने पनि भट्टराईले जनाएका छन् । खनाल उपचारका लागि असार पहिलो हप्ता दिल्ली गएका थिए ।