इलाममा बुधबार एकै दिनमा ४ जनाको मृत्यू, ६४ जना संक्रमित


इलाम । इलाममा बुधबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ । मृत्यू हुनेको विवरण भने जिल्ला प्रशासन कार्यालयले खुलाएको छैन । योसँगै इलाममा मृत्यू हुनेको संख्या ८१ पुगेको छ । आजसँगै एकै दिनमा चार जनाको मृत्यू भएको यो दोस्रो पटक हो ।

यसरीनै बुधबार ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै इलाम नगरपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १८ जना, माइ नगरपालिकामा १५ जना, देउमाई नगरपालिकामा ४ जना, माइजोगमाई गाउँपालिकामा २ जना र फाकफोकथुम गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।
इलाममा संक्रमितको संख्या तीन हजार छ सय ७३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार