तुइन घटनाको छानविन र पीडितलाई क्षतिपूर्ति दिन बारकाे माग

इलाम । नेपाल बार एशोसिएसन उच्च अदालत बार एशोसिएसन इलामले दार्चुलाको तुइन घटनाको छानविनको माग गरेको छ ।

साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन फुकालेपछि २३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको थिए । एशोसिएसनले एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय सीमा सुरक्षा बलले तुइन काटेर गराइएको भनिएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएसन सचिव जीवन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न र पीडितलाई उचित क्षतिपूत्र्ति दिन सरकारलाई आग्रह गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार