आजकाे खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सरकारमा जाने नजाने निर्णय लिने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् ।

खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

देउवालाई विश्वासको मत नदिएका खनाल-नेपाल समूहका नेताहरू सरकारमा जान नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न खनाल(नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने छ ।

खनाल-नेपाल समूह सरकारमा सहभागी भए खनाल-नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६र६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार