इलाम अस्पताललाई ‘एन्टिजिन किड’

इलाम । कोभिडको संक्रमण बढ्दै गएका बेला संक्रमण परीक्षण गर्न सहज बनाउने उद्देश्यले जिल्ला समन्वय समिति इलामले इलाम अस्पतालाई एन्टिजि किड दिएकाे छ । कोभिड लक्ष्यण देखिएका बिरामीहरुको चाप बढ्दै गएकाले एन्टिजिन अभाव हुन नदिन जिससले पाँच सय ५० थान एन्टिजिन किड अस्पताललाई उपलब्ध गराएको हो ।

जिससलाई प्रदेश सरकारबाट प्राप्त बजेटबाट किड खरिद गरेर अस्पतालाई उपलब्ध गराइएको जिसस प्रमुख गणेशप्रसाद बरालले बताए । अस्पतालमा अहिले दैनिक ७०–८० जनाको हाराहारिमा कोभिड लक्ष्यण भएका विरामी आउने गरेको अस्प्तालले जनाएको छ ।

यता जिससले उपलब्ध गराएको किड बुझ्दै अस्प्तालका डाक्टर विश्व सापकोटाले संक्रमितहरुले १४ दिन पछि पुनः परिक्षण गराउनै नपर्ने बताए । ‘संक्रमण भएको ६–७ दिन पछिनै भाइरस एक्टिभ हुँदैन, १४–१५ दिन हुँदा त भाइरस हुँदैन, परिक्षण गराउँदा पनि नतिजा नेगेटिप आउननेनै हो ।’ सापकोटाले भने ‘यो शुरुमा र नेगेटिप भयो भएन भनेर परिक्षण गराउने भएकाले पनि नयाँ संक्रमितलाई परिक्षण गर्न किड अभाव हुने स्थिति सृजना भएको छ ।’ डा. सापकोटाका अनुसार कोभिड संक्रमितले निको हुँदै जाँदा १४ दिन पछि एन्टिजिन परिक्षण गर्नुूपर्दैन । यदि नेगेटिभनै चाहिएको हो भने पिसिआर टेस्ट गर्नुपर्ने सापकोटाले बताए । ‘पहिलो पटक एन्टिजिन टेस्ट गर्दा पोजिटिभ देखियो र त्यसको तीन दिन पछिमात्रै पुन एन्टिजिन गर्दा पनि नतिजा नेगेटिभनै आउँछ ।’ उनले भने ।

यता जिल्ला स्वास्थ्य कार्यालय इलामले भने अहिले पिसिआरका लागि स्वाव संकलन गरेको छैन । एक–एक विरामी जना आए भने सोझै झापानै जाने सल्लाह दिने गरेको कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले बताए । ‘२०–३० जनाको संख्यामा आए भने चाँहि हामी स्वाब संकलन गरेर पठाउन सक्छौं ।’ बरालले भने ‘नत्र एक–एक जनाको स्वाब विराटनगर पठाउन खर्चिललो हुन्छ । त्यही कारण पिसिआरका लागि स्वाब संकलन हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार