इलाममा विहीबार २ जनाको मृत्यू, ४५ जना संक्रमित


इलाम । इलाममा विहीबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेको विवरण भने जिल्ला प्रशासन कार्यालयले खुलाएको छैन । योसँगै इलाममा मृत्यू हुनेको संख्या ८३ पुगेको छ । यसरीनै बुधबार ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै इलाम नगरपालिकामा १९ जना, सूर्योदय नगरपालिकामा ३ जना, माइ नगरपालिकामा ४ जना, देउमाई नगरपालिकामा ११ जना, सन्दकपुर गाउँपालिकामा ७ जना, माइजोगमाई गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।
इलाममा संक्रमितको संख्या तीन हजार सात सय १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार