इलाम । इलाम नगरपालिकामा वगत केही दिनदेखि खानेपानीमा लेदाे आउन थालेपछि ट्याङ्की सरसफाइ गर्नका लागि शनिबार र आइतबार खाेनीपानी वितरण नगर्ने भएकाे छ ।
सदरमुकाममा आपूंर्ति हुने खानेपानीकाे फिल्टर नभएकाले साेझै वितरण गरिने भएकाले मुहान गीताङ खाेलामा बाढी आउँदा धमिलाे पानी आउने गरेकाे छ । यसअघिकाे वर्षाले लेदाे बगाएर ल्याएकाले ट्याङ्कीहरुमा पनि लेदाे पसेकाे थियाे । ट्याङ्कीमा लेदाे पसेपछि वर्षा नहुँदा पनि निरन्तर पानी धमिलाे आउने गरेकाले ट्याङ्की सफा गर्न लागिएकाे नगरपालिका खानेपानी शाखाका प्रमुख मेघनाथ ढुङ्गानाले बताए । दुई दिन वितरण लाइनका ट्याङ्कीहरु सफा गरिने भएकाले खानेपानी अवरुद्ध हुने नगरले जनाएकाे छ ।
खानेपानीमा लेदाे आएपछि एक हप्तादेखि नगरबासीले स्थानीय मुहानबाट खानेपानी थापेर खाइरहेका छन् ।